काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ७८ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८५ जना, लेन उल्लंघन गर्ने २ सय ४१ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ४४ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३९ जना, टिपर कारबाहीमा ३४ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय, अनावश्यक हर्न बजाउने ४७ जना, ब्हील लकबाट १ सय १९ जना र अन्य ८ सय ६९ जना गरी गरी जम्मा १ हजार ६ सय ७८ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा सोमबार ३८ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २३ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार सोमबार १८ हजार ७ सय ११ सवारी साधनबाट १ लाख २८ हजार ८ सय ४१ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १४ हजार ८ सय २६ सवारी साधनबाट ९५ हजार ८ सय ८३ जना यात्रु बाहिरिएका छन् ।

 


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०७:४६