काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३ सय ९७ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट आइतबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८५ जना, लेन उल्लंघन गर्ने २८ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३० जना, टिपर कारबाहीमा १४ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ४० जना, अनावश्यक हर्न बजाउने ३२ जना, ब्हील लकबाट ९५ जना र अन्य ९ सय ७३ जना गरी जम्मा १ हजार ३ सय ९७ सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा आइतबार ३५ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ ।


। सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार आइतबार १९ हजार ७ सय १७ सवारी साधनबाट १ लाख १३ हजार ७ सय ६६ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १६ हजार ७ सय ५७ सवारी साधनबाट ९८ हजार ५ सय ९५ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १२:१०