काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६ सय ७१ जना सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट मंगलबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ९४ जना, लेन उल्लंघन गर्ने १ सय ४३ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने २४ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ५१ जना, टिपर कारबाहीमा १० जना, सिसिटीभीमार्फत कारबाही २५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ८२ जना, अनावश्यक हर्न बजाउने ४५ जना, ब्हील लकबाट १ सय ३३ जना र अन्य ८ सय ६४ जना गरी जम्मा १ हजार ६ सय ७१ जना सवारी चालक रहेका छन् ।



प्रकाशित मितिः बुधबार, असोज १५, ०८:३५