काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ५७ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय १३ जना, लेन उल्लंघन गर्ने १ सय २७ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३३ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३९ जना, टिपर कारबाहीमा ४ जना, सिसिटिभीमार्फत कारबाही ९८ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ७४ जना, अनावश्यक हर्न बजाउने ८० जना, ब्हील लकबाट १ सय २ जना र अन्य १ हजार १ सय ८७ जना गरी जम्मा १ हजार ९ सय ५७ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा शुक्रबार ४३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने २३ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शुक्रबार १७ हजार ७ सय ४६ सवारी साधनबाट ९६ हजार ३ सय ४१ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ४ सय ६५ सवारी साधनबाट ८९ हजार ६ सय ९१ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः शनिबार, पुस ५, ०६:५४