काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २३ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८९ जना, लेन उल्लंघन गर्ने १ सय १९ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३५ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४८ जना, टिपर कारबाहीमा २३ जना, सिसिटिभीमार्फत कारबाही ८३ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ६० जना, अनावश्यक हर्न बजाउने ७६ जना, ब्हील लकबाट १ सय २१ जना र अन्य १ हजार १ सय ६९ जना गरी जम्मा २ हजार २३ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा सोमबार ३९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते र २२ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार सोमबार १५ हजार ४ सय ८० सवारी साधनबाट १ लाख ७ हजार ४ सय ३३ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १६ हजार ६० सवारी साधनबाट ९० हजार ८ सय ५ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः मंगलबार, पुस ८, ११:१०