काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ४८ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय १४ जना, लेन उल्लंघन गर्ने १ सय ८१ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २३ जना, टिपर कारबाहीमा १३ जना, सिसिटीभीमार्फत कारबाही ६९ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ५ जना, अनावश्यक हर्न बजाउने ४३ जना, ब्हील लकबाट १ सय ८ जना र अन्य ७ सय ५७ जना गरी जम्मा १ हजार ५ सय ४८ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बुधबार ४० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते र २१ जना सामान्य घाइते भएका छन् ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०८:१९