काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३ सय ४४ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय २१ जना, लेन उल्लंघन गर्ने १ सय ९१ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने २७ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २९ जना, टिपर कारबाहीमा २ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ८७ जना, अनावश्यक हर्न बजाउने ३५ जना, ब्हील लकबाट १ सय १२ जना र अन्य ६ सय ४० जना गरी जम्मा १ हजार ३ सय ४४ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बुधबार ५१ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन् ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०७:३३