काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज चोरीका मोटरसाइकल सहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ रहेको महाशाखाले जनाएको छ ।
पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ३–०२–००८ प ७८७२ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकल सहित उनलाई पक्राउ गरेको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२–०१२ प ६८३६ खुल्न आएको छ ।
।
काठमाडौंको टोखा नगरपालिका–८ बस्ने राजेन्द्र पाण्डेले हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए ।
महाशाखाले उक्त मोटरसाइकल सहित तामाङलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाईएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, १२:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook