काठमाडौं: काठमाडौंको जडीबुटीमा ट्रिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

बा ४ ख ३५५८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो। स्कुटीमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन।

आक्रोशित स्थानीयबासीले ठक्कर दिने ट्रिपरमा आगजनी समेत गरेका छन् ।

सडक दुर्घटनाको कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् भने प्रहरीले बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।