काठमाडौं : सुक्रबार विहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोक तर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक सेलाङ ६ घर भई भक्तपुरको सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापाको मृत्यु भएको हो ।
घाइते भएका थापाको उपचारका क्रममा बी.एण्ड बी. अस्पताल ग्वार्कोमा शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको र ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।