पोखरा: ट्रिप एडभाइसरको उत्कृष्ट ५ नेपाली होटेलमा पोखराको होटेल ग्राण्ड समावेश  भएको छ । पोखरामा रहेको ५ तारे होटेल ग्राण्ड, ट्रिप एडभाइसरको उत्कृष्ट ५ नेपाली होटेलमा समावेश हुन सफल भएको हो ।

हालै होटेल ग्राण्डले आकर्षण मूल्यमा होटेलका सबै सुविधामा छुट हुने गरी ‘समर गेटवे टू होटेल ग्राण्ड’ नामक अफर ल्याएको छ । यस अफर मार्फत होटेलले आफ्नो दरमा निश्चित समयका लागि छुट प्रदान गर्ने जनाएको छ । यस अफरमा फ्री वेक्लम ड्रिंक्सका साथ साथै अन्य सुबिधामा समेत छुट प्रदान गरेको छ ।

यस ५ तारे होटेलमा १४० कोठा, ५ ब्याङ्केट र ६०० ग्राहकलाई एकै साथ सुबिधा दिन सक्ने क्षमता रहेको छ ।