काठमाडौंः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशनबाट पुस्कर आचार्यको प्यानल विजयी भएको छ ।

शनिबार बिहान प्राप्त प्रारम्भीक नतिजाअनुसार पौडेल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका पुष्कर आचार्य समूहले अधिकांश पदमा विजयी हासिल गरेको हो ।

संस्थापन पक्षबाट उम्मेदवार बनेका खिलनाथ दाहालभन्दा रामचन्द्र पौडेल पक्षका पुष्कर आचार्य दुई सय ८५ मतान्तरले विजयी भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रसाद यादवले अयोध्या प्रसाद यादवलाई १ सय ९१ मतले पछि पार्दै विजयी भएका छन् ।

छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए ।


आचार्यको प्यानललाई रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समर्थन थियो ।

नतिजा –