काठमाडौंः नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसको मतगणनामा पुस्कर आचार्यको प्यालन नै अगाडि देखिएको छ।

कुल ११ सय मतगणना गर्दा अध्यक्ष पदका प्रत्यासी पुस्कर आचार्यले ६ सय ३६ मत ल्याएर अग्रता लिइरहेका छन्। अर्का प्रत्यासी खिला दाहालले भने ४ सय ३७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। गणना अनुसार आचार्य १ सय ९९ मतले अघी देखिएका हुन्।

मतगणनाको रुझान अनुसार आचार्यको प्यानल नै सबै पदमा अघी देखिएको खरेलले बताए।

१७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो । कुल १४ सय २० मतदाता रहेको युनियनमा १३ सय ९० मत खसेको थियो।

आचार्य र दाहालको अलग अलग प्यानल चुनावी प्रतिष्पर्धामा छन्।


ताजा परिणाम (११०० मतमा)

पुष्कर आचार्य-६३६
खिलानाथ दाहाल-४३७
महेन्द्र यादव-५९१
अयोध्या यादव-४६४
अजय राई-६०२
तेजेन्द्र कार्की -६२६
डिपि अर्याल -३६७
बम ब. डिसि-३३८
इन्दिरा सापकोटा-५६८
कल्पना अधिकारी-४८२
नेत्र थापा-५९३
शंकर लामिछाने-४२९
ललित श्रेष्ठ -६३७
युबराज लामा-३७४
आशा सिंह राठौर-५७४
नुर- ४०२
योगेन्द्र -५८२
संजय-४४३
गणेश-५६२
ज्योति -५७२
जनर्दन-३८८
काजिमान -४२६
राधिका-६५३
कमला-३७४
सिताराम-६१८
रन्जन-४४१
इश्वर -५६८
धिरेन्द्र-४४८
राजेश-५५६
आत्मराम-४५७
मोहन -६०३
ऋषव-४४९
सुशीला -६२५
तारा-४१७
निवर्तमान अध्यक्ष खिला दाहाललाई नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, उपसभापति विमलेन्द्र निधी सहितका नेताहरुको समर्थन रहेको छ भने आचार्य समुहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, प्रकाशमानसिंह, शेखर कोइराला, अर्जुन नरसिंह केसी लगायतका नेताहरुको समर्थन रहेको छ।

नेपाली कांग्रेसको राजनीतिमा यो चुनावलाई प्रतिष्ठाको लडाइको रुपमा नेताहरुले लिएका छन्। पछिल्ला समयमा भएका अधिकांश भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनमा सभापति देउवा निकट नेताहरु पराजित भएपछि यो चुनावलाई सभापति देउवाले अत्यन्तै महत्व दिएका थिए। पार्टीको आन्तरिक राजनीतिमा देउवाको विपक्ष खेमाले पनि यो चुनावलाई त्यसैगरि नै महत्वका साथ लिएको देखिन्थ्यो।