काठमाडौंः आगामी मङ्गलवारदेखि काठमाडौंमा हुने नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं महाधिवेशनमा अध्यक्षका लागि तीन जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

युनियनका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष रमा पौडेल र पूर्व सासंद् पुस्कर आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

अध्यक्ष दाहालले आइतवार औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने बताएका छन् भने, वरिष्ठ उपाध्यक्ष पौडेल र पूर्वसभासद आचार्यले यसअघि नै आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनमा कांग्रेसभित्रको गुट उपगुटको प्रभाव पर्दै आएको छ ।


। अध्यक्ष खिलानाथ दाहाल देउवा, रमा पौडेल–देउवा पक्षको रूपमा चिनिन्छन् भने पुस्कर आचार्य कोइराला परिवार पक्षधर मानिन्छन् ।

यही जेठ २९ गतेदेखि ३१ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा देशभरबाट एकहजार छ सयभन्दा वढी श्रमिक प्रतिनिधिको सहभागिता रहेको छ । युनियनमा दुई दर्जनभन्दा वढी पेशागत सङ्घ तथा युनियनहरू आवद्ध छन् ।