काठमाडौंः नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् ।
ट्रेड युनियन कांग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । थापाका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष (महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक)मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाई निर्वाचित भएका छन् ।
।
यसैगरी सहसचिव (खुल्ला)मा प्रकाश दाहाल, सहसचिव (महिला)मा उर्मिला कार्की, सहसचिव (सेवा)मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी र सहकोषाध्यक्षमा तारा भण्डारी विजयीभएका छन् । कोषाध्यक्ष विश्वहरि घिमिरे भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। यस्तै सदस्यमा नरेन्द्र विष्ट, बाबुराम भुसाल, रामकुमार बस्नेत, शोभा भण्डारी, सरला पुडासैनी, हरिमाया पोखरेल, मीना तामाङ, ईश्वर गिरी, पुरुषोत्तम पराजुली, माधव पौडेल, उदयबहादुर लामा, प्रभा जोशी र ऋषिराम गिरी निर्वाचित भएका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook