काठमाडौ:  नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ ।

छैटौं राष्ट्रिय महाधिवेशनकाक्रममा १७ पदाधिकारीसहित ४१ सदस्यीय कार्यसमिति चयनका लागि मतदान भएको हो । शुक्रबार दिउँसोदेखि सुरु भएको मतदान साँझ सकिएको हो ।

निर्वाचनमा १४२० मतदाता रहेकामा १३९६ मत खसेको जनाइएको छ ।

संस्थापन पक्षबाट खिलानाथ दाहाल र पौडेल पक्षबाट पुष्कर आचार्यको समूहबीच प्रतिस्पर्धा छ । दाहाल वर्तमान अध्यक्ष हुन् भने आचार्य यसअघि पराजित भएका थिए ।

मतगणना आज रातिदेखि सुरु गर्ने जनाइएको छ ।