काठमाडौंः ठगी आरोपमा ज्योति ग्रुपका उपाध्यक्ष तथा व्यवसायी रुप ज्योति पक्राउ परेका छन् । पूर्व अर्थराज्य मन्त्री समेत रहेका उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिंगापुरबाट नेपाल फर्कने क्रममा उनलाई पक्राउ गरिएको हो ।
०७१ सालमा विकेन्द्रकृष्ण श्रेष्ठले ल्याण्डमार्क विल्डर्सको नामबाट रुपज्योतीसँग महाराजगञ्जको घर किनेका थिए । पैसा लिएर पनि घर श्रेष्ठलाई नदिएपछि ज्योतिको नाममा ठगी मुद्दा दर्ता भएको थियो ।

यही मुद्दामा ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो।


। सो आदेश विरुद्ध उनले मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले कार्तिक १८ मा रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो।
६ वर्ष पहिले रुपज्‍योतिले अपार्टमेन्ट व्‍यावसायमा लगानीका लागि ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता गरेर काम गर्दै आएका थियो।

हाउजिङको काममा निरन्तर लागिरहेको कम्पनीले सम्पूर्ण काम भने सीइ कन्सट्रक्सनमार्फत गर्ने गर्दथ्यो। तर व्‍यवसायमा तलमाथि भएपछि एकजना पीडितले काठमाडौं प्रहरीमा उजुरी दिएपछि रुपज्योतिको पोल खुलेको थियो।

त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनायो । सर्वोच्चको फैसलासँगै ज्योति पक्राउ परेका हुन् ।

व्यवसायि ज्योतिलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।


प्रकाशित मितिः शुक्रबार २२ कार्तिक, ०८:१७