काठमाडौंः ठगी मुद्दाका फरार काठमाडौंको साङ्ला घर भई हाल चितवनको भरतपुर बस्ने ३२ वर्षीय रविन्द्र अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको २०७३ असोज ४ गतेको फैसलाले २६ लाख ७५ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले चितवनबाट पक्राउ गरेको हो ।

अधिकारीले काठमाडौं गोगंवुमा सञ्चालक समितिका सचिव भै बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी प्रचारप्रसार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको थिए । अधिकारी लगायत अन्य सञ्चालकहरुले सहकारीका सदस्य बाहेकका व्यक्तिहरु समेतसँग नेपाल राष्ट्र बैंकको स्वीकृती नलिई निक्षेप संकलन तथा कर्जा प्रबाह गरेपछि निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी फरार भएका थिए ।


अधिकारीलाई जिल्ला अदालत चितवन मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त ब्यूरोका प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ११:२०