काठमाडौंः काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाउँदै गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भालेलाई काठमाडौं प्रहरी परिसरले बिहिबार पक्राउ गरेको छ ।

गुण्डागर्दीमा संलग्न रहँदै व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनीमाथी सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ।

लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।