संखुवासभा: प्रहरीले ठूलो परिमाणको हतियार र गोलीसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो  । प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरका अनुसार सिलिचोेङ गाउ“पालिका–५, वातेम्बाका केदार राई, चिचिला–२, का सुरेन्द्र राई, सिलिचोङ–४, का पूर्णकुमार राई, सिलिचोङ–४, का सूर्यबहादुर राई र भारत बिहारकाका मोहम्मद मुन्ना खान पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ७६५७ राउण्ड युएसए लेखिएको पेस्तोल, १४ राउण्ड गोली, २ थान म्यागजिन, थ्रीनट थ्री, राइफल २ थान, कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग गरिने गोलीहरु र बिस्फोटक पदार्थ पनि बरामद गरिएको उहाँले बताउनुभयो ।


प्रहरीले राइफलको १० थान गोली, गोलीको खोका भित्र राखिएको बिस्फोटक पदार्थ, तार जडित डेटोनेटर, त्यसको खाली कभर २ थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट पनि सार्वजनिक गरेको छ । भरुवा बन्दुक १ थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धक लगायतका पदार्थ पनि भेटिएको उहाँले बताउनुभयो ।