काठमाडौंः ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

आज बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेका हुन् ।

बैंकिङ कसुर मुद्दामा उनलाई अदालतले पक्रन पुर्जी दिएको थियो । उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।

उनी जलेश्वर स्वच्छन्द विल्डर्स कम्पनीका सञ्चालक हुन् ।


। उनको कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ भ्यु टावर बनाउने ठेक्का पाएको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ११:१५