डडेलधुराः आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिकै आज बिहान हाइस माइक्रो दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।

धनगढीबाट बझाङ तर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेशको ०१–००१ ख २३२३ नम्बरको हाईस माइक्रो अनियन्त्रित भई आज बिहान ३ बजे सडकबाट अन्दाजी १५ मिटर तल खस्दा १७ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी घाइते भएका १५ जनालाई उपचारका लागी जिल्ला अस्पताल डडेलधुरा पठाइएको छ । गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागी धनगढी लगिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १६:२१