काठमाडौंः काठमाडौंमा जारी महिला फ्रेन्चाईज लिग वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) मा विराटनगर टाईटन्सले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगरले लगातार दोस्रो जित निकालेको हो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको ९५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो ।

विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २३, अस्मीना कर्मचार्यले अविजित १६, ज्योती पाण्डेले २२ र डोली भट्टले १२ रन बनाए ।

पोखराका लागि सिता मगरले २ र अनुराधा चौधरीले १ विकेट लिइन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो ।


पोखराका लागि कविता कुँवरले अविजित २२, कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५, रेवती धामीले १२ र सरस्वती मगरले अविजित १० रन बनाए ।

विराटनगरकी सबनम राईले २ र सोनु खड्काले १ विकेट लिईन् ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक १, १२:५८