काठमाडौंः डाँका मुद्दामा फरार रहेका मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाललाई घटनाको १६ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ढकाल समेतका व्यक्तिहरुले २०६१ असोज ७ गते काठमाडौंको जडिवुटीमा बनेपाबाट बा १६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगेर साथमा रहेको नगद १० लाख २५ हजार रुपैयाँ, मोटरसाइकल र मोबाइल समेत गरी जम्मा ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल डाँका गरेको घटनामा ढकाललाई २०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरिवाना ठहर भएको थियो ।


जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ नागसोतीबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता कार्कीले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १९:५२