प्यूठानः प्यूठान दाखाक्वाडीकी राधा धामी अप्रेसन गरेको केहि समय पछि मृत्युपछि जिल्ला अस्पताल प्यूठानमा तनाव उत्पन्न भएको छ ।
मृतकका आफन्तले अप्रेसनमा खटिएका डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन तथा नाराबाजीमा उत्रिएका छन् ।
उनको मृत्य भएलगत्तै आक्रोशित मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।
मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुने नसक्ने भएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो ।
अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको मृत्यु भएको बिरामीको आफन्तको आरोप छ ।
।
यता जिल्ला जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले अप्रेसनपछि २४ घण्टासम्म केहि खान नदिनु भन्ने डाक्टरको सुझावलाई वास्ता नगरी आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको बताए ।
मृतकका आफन्तले डाक्टरलाई कारबाही हुनुपर्ने माग गर्दै प्यूठान भालुवाङ सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले मृतकको शव समेत बुझेका छैनन् ।
मंगलबार सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै गएराति देखिनै आन्दोलन गरेपछि अहिले अस्पतालको स्वास्थ्य सेवा समेत ठप्प छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook