काठमाण्डौ: डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । वरिष्ठ न्युरोसर्जन देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए । उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

‘यस अस्पतालका संस्थापक तथा न्यूरो साइन्सका प्रख्यात वैज्ञानिक प्रा.डा. उपेन्द्र प्रसाद देवकोटाको सघन उपचारको क्रममा उहाँ आफैले स्थापना गर्नुभएको यस अस्पतालमा मिति २०७५–२–४ गते साँझ ५ः३५ बजे स्वर्गारोहण हुनुभएकोले सम्पूर्ण आफन्त, साथीभाइ तथा शुभचिन्तकहरुसमक्ष यो शोक विज्ञप्ति जारी गर्दर्छौँ ।’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

लामो समय बेलायतमा उपचार गराएका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए ।


। उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो ।

सोमबार निधन भएका वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको मंगलबार दाहसंस्कार हुने भएको छ। न्यूरो अस्पतालका अनुसार बिद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुने छ।  श्रद्धाञ्जलीका लागि उनको शव बिहान ८ देखि १ बजेसम्म न्यूरो अस्पतालको प्रांगणमा राखिने अस्पतालले जनाएको छ।

अस्पतालले जारी गरेको विज्ञप्ति