काठमाडौं: लामो समयदेखि काठमाडौंको न्युरो अस्पताल उपचार गराइरहेका डा. उपेन्द्र देवकोटाबारे सामाजिक सञ्जालहरुमा अप्रिय खबर भाइरल भएपछि अस्पताल र परिवारले विज्ञप्ति जारी गरी त्यस्तो खबर सत्य नभएको जनाएको छ।

डा देवकोटाको बारेमा फैलिएको कुरामा कुनै सत्यता नभएको र त्यस्ता भ्रामक कुरा सामाजिक सञ्जालमा नराख्न पनि अस्पताल प्रसासन र परिवारले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।