भक्तपुरः प्रवल गोरखा दक्षिणवाहु २०६२ द्वारा सम्मनित डा. विरेन्द्रप्रसाद कायष्ठको ‘मल्लकालीन संस्कृति र ज्योतिष विज्ञान’ पुस्तक शनिबार विमोचन भएको छ ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले विमोचन गरिएको पुस्तकमा भक्तपुरको संस्कृति, संस्कारमा ज्योतिष विज्ञानको महत्वबारे चर्चा गरिएको छ ।

पुस्तकमा मल्लकालिन इतिहास र संस्कृति, नेवार समुदायको इतिहास र संस्कृतिहरुको बारेमा तथा भक्तपुरको बिस्काःजात्रा, गथापुगःपर्व, गाईजात्रा पर्व आदि लेखहरु समावेश गरिएको छ ।

नेपाल जोतिष परिषद उपत्यका समितिका निवर्तमान अध्यक्ष उनले ज्योतिष बिज्ञान र रोग बिषयमा विद्यावारिधी प्राप्त र विश्व ज्योतिष विद्यापिठ कलकत्ताबाट पिएचडी गरेका छन् ।


। उनले सर्वसाधारण जनतादेखि राष्ट्रका सम्मानित व्यक्तिहरुको चिना हेर्ने, वर्षफल लेख्ने र विभिन्न भविष्यवाणी गर्दै आएका छन् ।

डा. कायष्ठका ‘नवग्रह र ज्योतिष’, ‘दुर्गा पूजा पद्धति’, ‘कवच मन्त्र’, ‘लक्ष्मी पूजा पद्धति’, ‘ज्योतिष र रोग’ लगायत पुस्तक प्रकाशित भएका छन् ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०६:२२