काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) ले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ ।

पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको छ ।

गत वैशाखमा राजपा र संघीय समाजवादी दल एकीकरण भएर जसपा बन्दा अन्तिम समयमा भट्टराई पार्टीको चौथो वरियतामा पुगेका थिए ।

जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १९:१३