पर्साः वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा चोकस्थित डिउटीमा खटिएको प्रहरीमाथि अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने ३५ वर्षीय सुरेन्द्र भन्ने मुकेश साह कलवार रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट छोकडा लगायतका मालबस्तु लोड गरी अवैध रुपमा भारतको रक्सौलतर्फ लाँदै गरेको ट्याक्टर उक्त सामान सहित मंगलबार प्रहरीले पक्राउ गरेको बिषयलाई लिई डिउटीमा खटिएको प्रहरीसँग अपशव्द प्रयोग गरी वादविवाद, झैझगडा तथा दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १९:५२