काठमाडौंः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँको दरले बढेको हो ।

नयाँ मूल्य अनुसार उपत्यकामा डिजेल र मटितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँ पर्नेछ ।

भारतीय आयल कर्पोरेशनबाट १६ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

निगमका अनुसार पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।


प्रकाशित मितिः बुधबार, पुस २, ११:१०