काठमाडौँ: प्रहरी प्रधान कार्यालयले केही प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी बृत्त बौद्धको जिम्मेवारी दिइएको छ । बौद्धमा कार्यरत डीएसपी रमेशबहादुर सिंह र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत डीएसपी प्रतितसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा खटाइएको छ ।

डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही खटाएको स्रोतले जानकारी दियो ।

उपत्यकाको आकर्षक तथा चुनौतीपूर्ण मानिने बौद्ध सरुवा भएका डीएसपी कार्की पुर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम पक्राउको क्रममा फिल्डमा खटिएका अधिकृत हुन् ।


। त्यस अगाडी वडा प्रहरी कार्यालय बैदाम कास्कीको कमाण्ड सम्हालिसकेका उनी व्यावसायिक अधिकृतको रुपमा परिचित छन् ।


प्रकाशित मितिः २०७६ फागुन २७, १४:००