डोटीः डोटीको आदर्श गाउँपालिका-१, चासीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हनेमा जयबहादुर खड्का, हरि खड्का, विकु खड्का र वीरेन्द्र खड्का रहेका र बमबहादुर खड्का भने घाइते भएको डोटी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सदरमुकाम दिपायलबाट घटनास्थल टाढा रहेकोले थप विवरण र जानकारी प्राप्त भइसकेको छैन । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।