डोटी: दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा दुर्घटना भएको छ ।जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको  छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले पनि कार्यालयमा ४ जनाको मृत्यु भएको जानकारी अाएको बताएको छ । तर, घटनास्थलमा पुग्न ४ घण्टा लाग्ने भएकोले अाधिकारिक जानकारी भने नभएको प्रहरीले जानकारी दिएको छ । स्थानीयका अनुसार मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत भएको छैन् । स्थानीयवासीले घाइतेहरूको उद्दार गरी अस्पताल पठाइसकेको बताएका छन् ।


। दुर्घटना भएलगत्तै प्रहरीको टोली घटना स्थलतर्फ हिँडेको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा छ ।