डोटीः दिपायल सिलगढी नगरपालिका–३ तिखाकाडीमा सोमबार साँझ ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिलगढी नगरपालिका–६ का टेक बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार से १ त २१६३ नम्बरको ट्याक्टरबाट मदिराको नशामा रहेका टेक बहादुर खसेका थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाको प्रहरी थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, पुस १५, ११:३९