डोटीः डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ३२ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से २ त २६५१ नम्बरको ट्याक्टर शनिबार साँझ डोटीको शिखर नगरपालिका–१० खन्नेखोलामा दुर्घटना हुँदा घाइते भएका उनको प्रादेशिक अस्पताल कैलालीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, १२:३१