डोटीः दिपायल सिलगढी नगरपालिका–२ पुरानो बगर खुल्लेखमा बुधबार राति ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक डोटीकै दिपायल सिलगढी नगरपालिका–२ खुल्लेखका ३३ वर्षीय कैलाश बोगटी रहेका छन् ।

दियापलबाट दल्लेख जाँदै गरेको से २ त ३५४३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा बोगटीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख ४, ११:४५