अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ बीचको वार्ता सिंगापुरमा सम्पन्न भएको छ।

ट्रम्प र किम जङ बीच एक्लाएक्लै वार्ता भएको थियो ।

अब केहि समयपछि दुई नेताहरू कार्यसूची सहितको दिवाभोजमा सहभागी हुँदैछन्।

आफुलाई एकदम राम्रो लागिरहेको बताउँदै वार्तामा बस्नु अघि पत्रकारहरूसँग गरेको संक्षिप्त कुरामा ट्रम्पले किमसँग एकदम राम्रो सम्बन्ध हुने अपेक्षा गरेका थिए । यसका आधारमा उनीहरु बीच सधैका लागि सम्बन्ध सुधारको अपेक्षा गरिएको छ ।

बार्ताबाे बिस्तृत विवरण बारे  केहिबेरमा जानकारी गराइने बताइएकाे छ ।