काठमाडौंः एटीपी फाइनल्स टेनिसमा सर्बियन खेलाडी नोभाक जोकोभिक अष्ट्रियाका डोमिनिक थिमसँग पराजित भएका छन् ।

लन्डनमा मंगलबार राति पाँचौ वरियताका डोमिनिकले दोस्रो वरियताका जोकोभिकलाई ६–७ (५–७), ६–३ र ७–६ (७–५) ले पराजित भएका हुन् ।

जोकोभिकलाई पराजित गरी डोमिनिक सेमिफाइनलमा पुगेका छन् ।

यस अघि डोमिनिकले स्विस खेलाडी रोजर फेडेररलाई पराजित गरेका थिए ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०९:३४