जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन् ।

बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् ।

पातारासी गाउँपालिकामा पाँच मावि, २० निमावि र ६ प्रावि छन्।

विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि प्रत्यक्ष असर पठनपाठनमा परेको छ ।

अभिभावकसँगै बालबालिका डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा पाइने क्षेत्रतिर गएको सरस्वती मावि पेरे खालाढिकका प्रधानाध्यापक वासुदेव शाहले बताए ।

यार्सा टिप्न यहाँका धेरैजसो स्थानीय पाटनतिर जान्छन् ।


। विद्यार्थी र शिक्षक यार्सा टिप्न गएकाले दर्जनौं विद्यालय बन्द भएका छन् ।

यार्सा टिप्न अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो । नागरिक दैनिकमा समाचार छ।