काठमाडौंः नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित भएका छन् । यसअघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य थिए ।

रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय कार्यसमितिको २९४ औं बैठकले रेडक्रसको प्रचलित विधान बमोजिम कार्यभार सञ्चालन गर्ने गरी ढकाललाई मनोनयन गरेको हो । आज एक कार्यक्रमबीच उनलाई रेडक्रसका अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाले मनोनयनको पत्र हस्तान्तरण गरे ।

उपमहामन्त्रीको पदभार ग्रहण गर्दै ढकालले समुदायसँग अझ नजिक हुने गरी रेडक्रसका सेवा प्रवाह गर्न आफू लागिपर्ने बताउँदै भने, ”नेपाल रेडक्रसमा सुद्धिकरणका साथै स्वच्छ मानवीय संस्थाको रुपमा नेपाल रेडक्रसप्रति मानिसहरुको विश्वास बढाउने गरी काम अगाडि बढाइने छ ।


।”

ढकालको नियुक्तिसँगै २०७७ साउन १२ गते नेपाल सरकार (मन्त्रिपरिषद) ले गठन गरेको वर्तमान तदर्थ कार्यसमितिमा सबै पदाधिकारीहरुको पद अब पूर्ण भएको रेडक्रस सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, २१:१२