काठमाडौंः दशैं, तिहार तथा छठ पर्व ढुक्कसँग मनाउन र घर छाडेर बाहिर जाने भए अनिवार्य रुपमा प्रहरीलाई खबर गर्न काठमाडौं प्रहरीले आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तयार पारेको सुरक्षा योजनामा काठमाडौं बाहिर जाने घरधनीहरुले अनिवार्य रुपमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन र ढुक्कसँग चाडवाड मनाउन आग्रह गरेको हो ।

दशैं, तिहार तथा छठ मनाउनका लागि काठमाडौंको घर छाडेर पुर्ख्यौली घर जाँदा घरमा चोरी लगायतका घटना हुने भएकाले यस्तो यस्तो योजना अगाडि सारिएको साथै घरमा काम गर्ने कामदार र सुरक्षाका लागि खटाइएका व्यक्ति (सुरक्षा गार्ड) बारे पनि जानकारी दिन समेत आग्रह गरेकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।


उनले दशैं मनाउन आफ्नो पुर्ख्यौली घर जाने सबै घरधनीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराएमा आफुहरुलाई जानकारी हुने विशेष निगरानी राख्न सजिलो हुने उनकाे भनाइ थियाे ।

महाशाखाले सुरक्षा योजनाअन्तर्गत दशैं, तिहार र छठ पर्वका बेला नियमितभन्दा २५ प्रतिशत बढी प्रहरी जनशक्ति परिचालन हुने र चाडपर्वका बेला हामीले नियमित प्रदान गरिरहेको जस्तै सुरक्षा प्रदान हुने तर, परिचालनको अवस्था भने अलि फरक हुने बताएको छ । व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोवार, बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोटर गस्ती सञ्चालन गर्न लागेको समेत बताइएको छ ।

चाडपर्वमा यदि कसैले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा काठमाडौं, भक्तपुर वा ललितपुर प्रहरीका प्रमुखलाई तत्काल खबर गर्न समेत महाशाखाले विशेष आग्रह पनि गरेको छ ।

यस्तो छ महानगरीय प्रहरी परिसरको सुरक्षा योजना

१. ड्युटिका क्षेत्रहरु

सर्वसाधारणको घर, सम्पती रहेको स्थान, बिशिष्ट ब्यक्ती, महत्वपुर्णप्रतिष्ठानहरु, मठ मन्दीर, गुम्बा रहेको स्थान, बित्तिय संस्था, आर्थिक कारोबार हुने स्थानहरु, यातायात सञ्चालन हुने स्थानहरु, ब्यापारीक कारोबार (किनबेच) हुने स्थानहरु, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पती रहेका स्थानहरु, काठमाण्डौ प्रवेश गर्ने नाकाहरु, होटेल, गेष्ट हाउस तथा रेष्ट्रुरेन्टहरु, अपराधिक गतिबिधी हुने स्थानहरु, राजमार्ग तथा ग्रामिण बस्तीहरु, भिआइपी र मुमेन्ट हुने स्थानहरु

२. डिउटीका प्रकारहरु

  • एरिया विभाजन-१४
  • पैदल गस्ति टोली-६०
  • पार्कीङ स्थान-६७ स्थाई÷अस्थाई पिकेट ५७ स्थान
  • सवारी गस्ती
  • साईकल गस्ती टोली- ३५
  • मोटरसाईकल गस्ती टोली- ८३
  • मोटर गस्ती टोली (४६ सिआरभी, मोवाईल ४८)
  • सूचना संकलन टोली (सादा पोशाक) (७०)
  • सर्च एण्ड अपरेसन–३०
  • एम्बुस र निगरानी–३०
  • हतियारसहित मोटरसाइकल गस्ती–५३
  • नाकाबन्दी–२५ टोली सिप्रअको कमाण्डमा कुनै घटना भएमा तत्काल परिचालन गर्ने
  • काठमाडौँ भित्रिने नाकाहरु कुकुरसहितको चेकजाँच–७

३ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रमहरु संचालन

  • माईकिङ्ग
  • पर्चा पम्लेट वितरण
  • प्रशिक्षण
  • अनतरक्रिया कार्यक्रमहरु

४. आफ्नो घर छोडेर जाँदा छिमेकी र नजिकको प्रहरी कार्यालयलाई अनुवार्य जानकारी गराउन अनुरोध

५. कुनै शंकित व्यक्ति चिज वस्तु देखेमा वा कुनै घटना घटेमा तत्काल १०० मा फोन गर्न अनुरोध

६. हलचोक लगायत स्थानमा हेल्प डेक्स