दाङः दाङमा एक व्यक्तिले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ वर्षीय पदम पोखरेलले मंगलबार राति २६ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।

आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका चार वर्षीया छोरी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १३:५७