काठमाडौँः आइतबार र सोमबार काठमाडौंमा अस्वाभाविक रूपमा पेट्रोल अभाव भयो। बजारमा पेट्रोलको माग बढ्यो, पम्पमा पेट्रोल सकिएको भन्दै बन्द गरिए।

खुलेका केही पम्पमा समेत लामो लाइन लागेको छ । भारतीय पक्षले दुर्व्यवहार गरेको भन्दै ट्याङ्कर ड्राइभरले आइतबारबार पेट्रोलियम पदार्थ आयात रोकेका थिए ।

घोषित आन्दोलन पनि नभएको र अन्य किसिमका समस्या पनि नदेखिएको अवस्थामा के कारणले पेट्रोलको अभाव भयो भन्ने धेरैको चासोको विषय बन्यो। सामान्य अवस्थाभन्दा पेट्रोलको लाइन बढेसँगै उपभोक्ताले आवश्‍यकताभन्दा बढी तेल हाल्न थाले।

जसको असर सोमबार काठमाडौँमा देखिएको हो । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ट्याङ्कर ड्राइभरहरु सोमबार बिहानैदेखि काममा फर्किएकाले बेलुकासम्म सहज जानकारी दिए ।