काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् ।

दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्डसहित शीर्ष नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले सल्लाह गरेर बैठक बोलाउने बताएको पनि थापाले जानकारी दिए ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २२ शनिबार, १४:१७