काठमाडौंः केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि तथ्यांक संकलक/डिजिटाइजर पदका लागि आवेदन खुलाएको छ ।

स्थानीय तहहरुको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो ।

जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

१२ औं जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १७:१२