तनहुँः तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँ पुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग १ त ४८०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुमालको घटनास्थलमै र परियारको स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

ट्याक्टर सडकबाट १५० मिटर तल खसेको थियो ।



प्रकाशित मितिः बुधबार, फागुन २८ , ११:५३