तनहुँः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज दिउँसो बसबाट ओर्लिदै गर्दा सोही बसले किचेर एक महिलाको मृत्यु भएको छ ।

दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८ नम्बरको बसमा सवार रहेकी अन्दाजी ६५ वर्षीया महिलालाई ओर्लिदै गर्दा बसको पाङ्ग्राले किचेको थियो । घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको सनाखत हुन सकेको छैन् ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः शनिबार, फागुन १०, १६:३५