काठमाडौँ: तनहुँको भानुमा भएको बस दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भानु ६ निवासी २१ वर्षीय अनिल सार्की छन् ।

मंगलबार डुम्रेबाट पाउँदीतर्फ गैरहेको ना ३ ख ९७६८ नम्बरको बस भानु १० नेपालडाँडामा दुर्घटनामा परेको हो। तीन जना यात्रु मात्र सवार बस दुर्घटनामा चालकसहित अरु दुई घाइते भएका थिए ।

घाइते चालकको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो ।