काठमाडौंः प्रहरीले तनहुँ र दाङबाट कौडा र तास खलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।
तनहुँको ब्यास नगरपालिका–१२ बेलघारी बस्ने ४५ वर्षीय राजेन्द्र पन्तको कुखुराको फर्ममा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश बैयलकोटी समेत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा, नगद ३ लाख १० हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, दाङको गढवा गाउँपालिका–६ प्रनाहा बस्ने ४५ वर्षीय डिल्लीराज शर्मा भुसालको घरमा तास खेलिरहेको अवस्थामा भुसाल समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
।
उनको घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ६ सय १५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, १६:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook